Like us!
Follow us!
Connect us!
Watch us!

सहारा सहकारी ठगी प्रकरण - रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

अर्थ संसार

मंगलबार, २२ माघ २०८१, १४ : १७ मा प्रकाशित

सहारा सहकारी ठगी प्रकरण - रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

सहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । 

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा लामिछानेसहित १५ जनाविरुद्ध ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा आज (मंगलबार) मुद्दा दर्ता भएको हो ।

 सरकारी वकिल कार्यालयले लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको छ।

रविसहितलाई ठगी तथा संगठित अपराध अभियोगमा मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपियाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो देखाइएको छ ।

यसअघि रवि लामिछाने कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख,काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ लाख र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा १ करोड धरौटी बुझाएर छुटेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको