Like us!
Follow us!
Connect us!
Watch us!

श्वेत गंगा हाइड्रोपावर नाफामा, समग्र वित्तीय अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, २३ माघ २०८१, १३ : १८ मा प्रकाशित

श्वेत गंगा हाइड्रोपावर नाफामा, समग्र वित्तीय अवस्था कस्तो ?

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा कम्पनी २ लाख ५३ हजार रुपैयाँ घाटामा थियो ।

यस अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । गत वर्ष ४६ करोड २४ लाख रुपैयाँ रहेको उक्त आम्दानी अहिले बढेर ५१ करोड २६ लाख पुगेको छ । 

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ छ। रिटेन्ड अर्निङ भने ३४ करोड २१ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ। अन्य जगेडा कोषमा भने २१ लाख ७७ हजार रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ४४ पैसा छ भने प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ६६ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको