Like us!
Follow us!
Connect us!
Watch us!

भ्रष्टाचार,कुशासन अन्त्य गर्न अध्यादेश ल्याइएको हो : पृथ्वी सुब्बा गुरुङ

अर्थ संसार

बुधबार, २३ माघ २०८१, १३ : २४ मा प्रकाशित

भ्रष्टाचार,कुशासन अन्त्य गर्न अध्यादेश ल्याइएको हो : पृथ्वी सुब्बा  गुरुङ

सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार विद्यमान कानुनमा सुधार गर्न अध्यादेश ल्याएको बताएका छन् ।

भक्तपुरमा बुधबार आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । 

उनले भने, भ्रष्टाचार अन्त्य गर्न, कुशासनको अवस्थालाई सदाका लागि बिदा गर्न विद्यमान कानुनमा सुधार गर्नुपर्ने आवश्यकतालाई महसुस गरेर अध्यादेश ल्याएको र यो अध्यादेश संसदबाट नै पारित गर्ने लक्ष्यका साथ आएको अध्यादेशले संसद्लाई छल्ने कुरा नआउने विचार व्यक्त गरे । 

कर्मचारीतन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले अध्यादेश कसैको विरोधमा लक्षित नरहेको बताए । 

उनले विभिन्न मन्त्रालय र कार्यालयहरूमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता अन्त्य गर्न पनि कानुनमा सुधार गर्न पनि अध्यादेश ल्याउन परेको बताए । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको