नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि अनुमति पर्खिरहेको टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले सन् २०२४ मा १८ करोड ५० लाख रुपैयाँको आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा १०.११ प्रतिशत बढी हो । सन् २०२३ मा कम्पनीले १६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
टक्सारले बोर्डसँग १०० रुपैयाँका दरले ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति मागेको छ ।
कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ ।
जसमध्ये लङ ट्रम १ अर्ब २४ करोड कर्जाका लागि ‘केयर एनपी बीबी प्लस’ र सर्ट ट्रम १६ करोड कर्जाका लागि ‘केयर एनपी ए४ प्लस’ रेटिङ पुनः पुष्टि गराएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस