Like us!
Follow us!
Connect us!
Watch us!

कामभन्दा बढी होहल्ला गर्नेको नियत बुझ्नुपर्याे -प्रकाशमान सिंह

अर्थ संसार

शुक्रबार, २५ माघ २०८१, १३ : ३४ मा प्रकाशित

कामभन्दा बढी होहल्ला गर्नेको नियत बुझ्नुपर्याे -प्रकाशमान सिंह

शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् ।

शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नम्बर २९ को वडा भवन उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘संविधान जारी गरेको कुरा यो केही होइन भन्छन् । के गर्दा ठूलो कुरा हुने यहाँ ?’ उनले प्रश्न गरे, ‘काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?’ ‘होहल्ला गर्ने पछाडिको नियत के हो ? तपाईं–हामीले त्यो पनि बुझ्नुपर्याे,’ उनले भने, ‘होहल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने । विदेशमा कति हजार डलर कमाइराको छोडेर आको भन्छन् । छोडेर आको कि केही काण्ड भएर फर्केर आएको हो, त्यो पनि बुझ्नुपर्याे नि ।’

उनले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूलाई चिन्न सुझाव दिए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको