Like us!
Follow us!
Connect us!
Watch us!

सूर्याेदय वोमी लघुवित्तको नाफामा वृद्धि ,कति छ प्रतिसेयर आम्दानी ?

अर्थ संसार

आइतबार, २७ माघ २०८१, १० : ५३ मा प्रकाशित

सूर्याेदय वोमी लघुवित्तको नाफामा वृद्धि ,कति छ प्रतिसेयर आम्दानी  ?

सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

उक्त वित्तीय विवरणअनुसार कम्पनीको नाफा  ३ करोड ७५ लाख रुपैयाँ पुगेको छ। कम्पनीले गत आवमा २ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चालू आवमा कम्पनीको सञ्चालन नाफासँगै खुद ब्याज आम्दानी बढेकाले नाफा वृद्धि भएको हो।

कम्पनीको सञ्चालन नाफा गत आवमा ३ करोड ३५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ५ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३० करोड ३९ लाख रुपैयाँ पुगेको छ। यो गत आवको तुलनामा  ५९.७६ प्रतिशतले बढी हो। गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २५ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवको सोही अवधिमा ५९.७६ प्रतिशतले वृद्धि भएको छ।

चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा २ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा ३९ करोड रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले ५ अर्ब ४ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन र ११ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। कम्पनीको ईपीएस ५ रुपैयाँ १६ पैसाबाट बढेर ६ रुपैयाँ ७८ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ३५ पैसा र निष्क्रिय कर्जा ५.४४ प्रतिशत रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको