Like us!
Follow us!
Connect us!
Watch us!

५१५ प्रतिशतले बढ्यो तेह्रथुम पावरको नाफा, कति पुग्यो प्रतिसेयर आम्दानी ?

अर्थ संसार

आइतबार, २७ माघ २०८१, १३ : २७ मा प्रकाशित

५१५ प्रतिशतले बढ्यो तेह्रथुम पावरको नाफा, कति पुग्यो प्रतिसेयर आम्दानी ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । 

सार्वजनीक वित्तीय विवरणअनुसार पुसमसान्तसम्म कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ५१५.३३ प्रतिशत बढी हो । गत वर्षको यसैअवधिमा कम्पनीले  ६४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।  
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी  यो अवधिमा  ९ करोड १ लाखबाट बढेर १० करोड ८८ लाख रुपैयाँ पुगेको छ । वित्तीय खर्च भने ५ करोड २९ लाखबाट घटेर ३ करोड ९३ लाख रुपैयाँ कायम भएको छ । 

४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक छ । यो अवधिमा कम्पनीको  प्रतिसेयर आम्दानी १९.८८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ६५.७२ रुपैयाँ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको