Like us!
Follow us!
Connect us!
Watch us!

चितवनको दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबीच कर्जा प्रवाह सम्झौता

अर्थ संसार

आइतबार, २७ माघ २०८१, १४ : ०४ मा प्रकाशित

चितवनको दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबीच कर्जा प्रवाह सम्झौता

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र प्रभु बैंक लिमिटेडबीच किसान लक्षित ऋण कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । चितवनमा जारी प्रथम राष्ट्रिय डेरी एक्स्पोमा बैंक र दुग्ध उत्पादक सहकारीबीच सम्झौता भएको हो ।

कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको एक्स्पोकै क्रममा भएको समझदारीपत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंकका प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

‘बैंक अफ द इयर २०२३’ को उपाधि पाएको प्रभु बैंकले नेपालभर ३११ शाखा कार्यालय, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत ३५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै आएको छ । अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड २०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको