Like us!
Follow us!
Connect us!
Watch us!

नाफासँगै बढ्यो छिमेक लघुवित्तको प्रतिसेयर आम्दानी

अर्थ संसार

आइतबार, २७ माघ २०८१, १५ : २० मा प्रकाशित

नाफासँगै बढ्यो छिमेक लघुवित्तको प्रतिसेयर आम्दानी

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

खुद नाफा

दोस्रो त्रैमाससम्मको अवधिमा लघुवित्तको खुद नाफा  ५१ करोड १८ लाख ३८ हजार रुपैयाँ पुगेको छ । यो गत बर्षको तुलनामा १७.३३ प्रतिशतले  बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ४३ करोड ६२ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो । 

खुद ब्याज आम्दानी

यो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.८८ प्रतिशतले घटेको छ । दोस्रो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड ८७ लाख २५ हजार रुपैयाँमा सीमित भएको  हो ।

इम्पेयरमेन्ट चार्ज -: १२ करोड ७९ लाख ९८ हजार रुपैयाँ

प्रतिसेयर आम्दानी -: ३१ रुपैयाँ ८४ पैसा 

प्रतिसेयर नेटवर्थ -:  २३७ रुपैयाँ ४९ पैसा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको