जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारमा जाने अवस्था नरहेको बताएका छन् ।
संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् । अहिले सरकारमा जाने कुरा पार्टीलाई बदनाम गराउने प्रोपोगान्डा भएको उनले भनाई छ।
‘यस्ता फोहोरी र फटाहा कुरा, प्रोपोगान्डाको कुरा नगरौं । हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं,’ यादवले भने, ‘हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हितमा काम चाहियो ।’
उनले अध्यादेशमा बार्गेनिङ गरिरहेको भन्ने कुराको पनि खण्डन गरे । सरकारले ल्याएका अध्यादेशबारे आफूहरूले विज्ञहरूसँग लगातार छलफल गरिरहेको बताएका यादवले कार्यसूचीमा राख्ने बित्तिकै निर्णय लिने बताए ।
उनले अध्यादेशबारे विज्ञहरूले थरिथरि सुझाव दिइरहेको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस