Like us!
Follow us!
Connect us!
Watch us!

१०६ प्रतिशतले बढ्यो नेसनल लघुवित्तको नाफा,अधिकांश वित्तीय सूचकमा उल्लेख्य बृद्धि

अर्थ संसार

सोमबार, २८ माघ २०८१, ११ : ४२ मा प्रकाशित

१०६ प्रतिशतले बढ्यो नेसनल लघुवित्तको नाफा,अधिकांश वित्तीय सूचकमा उल्लेख्य बृद्धि

नेसनल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीका अधिंकाश सुचकहरुमा सुधार देखिएको छ । 

खुद नाफा १०६ प्रतिशत बढ्यो

दोस्रो त्रैमाससम्म आइपुग्दा नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १०६.६२ प्रतिशत बढी हो। गत वर्षको यसैअवधिमा संस्थाले १० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो । 
खुद ब्याज आम्दानी

दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी ६६ करोड ३८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा ८७.९६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी ३५ करोड ३१ लाख रुपैयाँ रहेको थियो।

वितरणयोग्य मुनाफा -:यो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा २४ करोड १५ लाख रुपैयाँ रहेको छ।

खराब कर्जा -: संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ३.०४ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ३.७४ प्रतिशत थियो।

चुक्तापुँजी/ रिटेन्ड अर्निङ/रिजर्भ

चुक्तापुँजी १ अर्ब ३३ करोड १६ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङमा २४ करोड १५ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा २४ करोड ८४ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ३८ करोड ४० लाख रुपैयाँ थियो।

सापटी/कर्जा प्रवाह

समीक्षा वर्षसम्म संस्थाले १६ अर्ब ४२ करोड ४१ लाख रुपैयाँ सापटी लिएर २२ अर्ब ९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा संस्थाले १३ अर्ब १९ करोड ९४ लाख रुपैयाँ सापटी लिएर २० अर्ब ५३ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। संस्थाको व्यापार आक्रामक ढंगले अगाडि बढेको देखिन्छ।

 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर ३२.३४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष प्रतिसेयर १९.२२ रुपैयाँ थियो। पीई रेसियो ४०.९१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २१९.६७ रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको