Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको नाफा करिब ६ करोड , छ महिनामा बेच्यो ३३ करोड बढीको बिजुली

अर्थ संसार

सोमबार, २८ माघ २०८१, १२ : ५० मा प्रकाशित

अरुण काबेलीको नाफा करिब ६ करोड , छ महिनामा बेच्यो ३३ करोड बढीको बिजुली

अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। 

विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी ३१ करोड ५ लाख घाटामा थियो । 

कम्पनीको नाफा विद्युत बिक्रीबाट ३३ करोड ७७ लाख रुपैयाँ आम्दानी गर्दा बढ्न पुगेको हो।  बाढीले आयोजनामा क्षति पुगेको कारण गत वर्ष यसको विद्युद उत्पादन बन्द थियो ।

यस्तै दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको वित्तीय खर्च १६ करोड ८ लाखबाट घटेर १० करोड ९० लाख रुपैयाँमा सिमित भएको छ।

चुक्ता पुँजी ३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १२ करोड ८ लाख रुपैयाँ ऋणात्मक छ।

यो  अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ ९६.९० रुपैयाँ कायम भएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको