Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको १४औं वार्षिक साधारणसभा सम्पन्न

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, १५ : ३८ मा प्रकाशित

अरुण काबेलीको १४औं वार्षिक साधारणसभा सम्पन्न

अरुण काबेली पावर लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनी साधारणसभा होटल क्रिस्टल गौशालामा सम्पन्न भएको हो। 

कम्पनीले सभामा विशेष प्रस्तावको रुपमा कावेली इर्नजी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली ए जलविद्युत आयोजनाको सेयरमा लगानी गर्ने प्रस्ताव अगाडी सारेको छ। कम्पनीले गत वर्षको मुनाफाबाट लाभांस भने दिएको छैन्। 

साधारणसभाबाट आर्थिक वर्ष २०८० / ८१ को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै , लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्दै , लेखापरीक्षक नियुक्ति र  निजको पारिश्रमिक निर्धारण पनि गरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८९ करोड  रहेको छ । अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ जिल्लाबीच भई बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबली बी–१ जलविद्युत राष्ट्रिय ग्रीडमा विद्युत आपुर्ति गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको