Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

सोमबार, २८ माघ २०८१, १३ : २८ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल सघांईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा सभा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गरेको छ ।

जसमा १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश छन्। बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलबपछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय समेत टुङ्गो लगाएको छ ।

कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गरेको थियो । तसर्थ, बुक क्लोजको आधारमा माघ ९ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको