सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको छ भने सञ्चालन आम्दानीमा सुधार आएको छ।
पुस मसान्तसम्म कम्पनीले २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८९.२४ प्रतिशत बढी हो। अघिल्लो वर्ष यो अवधिसम्म कम्पनीले केवल ३ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको वित्तीय खर्चमा कमी आउनु र सञ्चालन आम्दानीमा वृद्धिको असर नाफामा देखिएको हो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.९४ प्रतिशतले बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष पुस मसान्तसम्म यो रकम २ अर्ब ९२ करोड ९४ लाख रुपैयाँ मात्र थियो।
त्यस्तै, कम्पनीको कुल नाफा ४८.७४ प्रतिशतले वृद्धि भएको छ। खर्च कटौती रणनीति अपनाउँदै वित्तीय खर्च ३१.९६ प्रतिशतले घटाइएको छ भने कुल खर्चमा ०.७७ प्रतिशतले कमी आएको छ।
नाफाको वृद्धिसँगै कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) ९ रुपैयाँ ७० पैसा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८ रुपैयाँ २८ पैसा बढी हो। गत वर्ष यो १ रुपैयाँ ४३ पैसा मात्र थियो।
त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६६ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) ७५.२५ गुणा कायम भएको छ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ सञ्चित छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस