क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको लिमिटेडले गत माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला गरेको आइपीओमा आवेदन दिन आज माघ २९ गते अन्तिम दिन रहेकोे छ । यो आइपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिन्छ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबर आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।
यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । । कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
यो आइपीओ हिजो माघ २८ गते साँझसम्म ६.२० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
अब यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी २२ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस