Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तले गर्यो लोभलाग्दो प्रगति - खुद नाफा ४३१ % ले बृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २९ माघ २०८१, ११ : ४५ मा प्रकाशित

निर्धन उत्थान लघुवित्तले गर्यो लोभलाग्दो प्रगति - खुद नाफा ४३१ % ले बृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश सूचांकमा बृद्धि भएको देखिन्छ ।

खुद नाफा

दोस्रो त्रैमाससम्मको अवधिमा लघुवित्तले १३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ४३१.४७ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सञ्चालन नाफा

यो अवधिसम्म आइपुग्दा लघुवित्तको सञ्चालन नाफा पनि बढेको छ ।  लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड ११ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा  ४५९.७४ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले ३ करोड ५९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको  थियो ।

खुद ब्याज आम्दानी

कम्पनीको खुद ब्याज आम्दानी भने ९.४९ प्रतिशतले घटेर ८१ करोड ३० लाख रुपैयाँमा झरेको छ ।

चुक्ता पुँजी/जगेडा कोष

 चुक्ता पुँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ कम्पनीको जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ जम्मा छ ।

खराब कर्जा

यो अवधिसम्म लघुवित्तको खराब कर्जा पनि ११७० प्रतिशतबाट घटेर ९.४० प्रतिशतमा झरेको छ ।

प्रतिसेयर आम्दानी /प्रतिसेयर नेटवर्थ

यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ २३ पैसाले बढेर ५ रुपैयाँ २१ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ९८ पैसा रहेको थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ भने १९४.८६ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको