Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २९ माघ २०८१, १३ : ५२ मा प्रकाशित

बुटवल पावरको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ८.७२ प्रतिशतले बढेर १९ करोड ३८ लाख ७१ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

विद्युत् बिक्रीबाट हुने आम्दानीमा पनि सामान्य वृद्धि भएको छ । १ वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी १.२२ प्रतिशतले बढेर ४१ करोड ८९ लाख रुपैयाँ ६७ हजार रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पुजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ११ पैसा छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको