लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म कम्पनीले ५८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २८.६७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले ८२ लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको जीवन बीमा कोषको आकार ५ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन २६ लाख ४४ हजार रुपैयाँबाट बढेर ६ करोड ७४ लाख ८१ हजार रुपैयाँ पुगेको हो ।
कम्पनीको चुक्तापूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ भने रिटन्र्ड अर्निङ १ करोड ३८ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको आम्दानी २ करोड ६१ लाख रुपैयाँबाट बढेर ९ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस