हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीको नाफासँगै अधिकांश सूचकमा सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफा ६१ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको तुलनामा २.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६० करोड २७ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यस्तै, कम्पनीको कुल बीमा शुल्क आर्जन २ अर्ब २४ करोड २१ लाख रुपैयाँबाट बढेर २ अर्ब ५० करोड ६७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन पनि बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको रिटन्र्ड अर्निङ ४५ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.५७ रुपैयाँ र पिई रेसियो ६७.२८ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस