नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरेको बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपाल उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन्
उनले आफू एमालेमा फर्किने कुनै सम्भावना नरहेको बताए ।
उनले भने, ‘मतिभ्रष्ट भएकाहरुले म एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरेका हुन् । म आफ्नो विचार, नीति र सिद्धान्तमा प्रस्ट छु ।’
साना पार्टीहरुको कारणले अस्थिरता भयो भन्दै फुटाउन अध्यादेश ल्याए ठूला दलहरु नै फस्ने खनालले दाबी गरे । उनले भने, ‘हामी च्यालेन्ज गर्छौँ, साना पार्टी फुटाउने षड्यन्त्र ठूला पार्टीले गर्दैछन् । त्यसको खाल्डोमा ती ठूला पार्टी नै पर्छन् ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस