Like us!
Follow us!
Connect us!
Watch us!

मिड सोलु हाइड्रोपावरको दोस्रो त्रैमास - २२५ % ले बढ्यो नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, ०२ फागुन २०८१, १३ : ३२ मा प्रकाशित

मिड सोलु हाइड्रोपावरको दोस्रो त्रैमास - २२५ % ले बढ्यो नाफा, प्रतिसेयर आम्दानी कति ?

मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म ७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २२५.१४ प्रतिशतले बढी हो ।  गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले २ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा यसको विद्यतु बिक्रीबाट हुने आम्दानी १४ करोड ३२ लाख रुपैयाँबाट बढेर १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय खर्च पनि ७ करोड ५६ लाख रुपैयाँबाट ५ करोड ९ लाखमा झरेको छ । 

चुक्ता पुँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको यस हाइड्रोपावरको जगेडा कोषमा ९ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.३५ रुपैयाँ रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ११२.१८ रुपैयाँ छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको