प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा एक सांसदले सोधेको प्रश्नको जवाफ दिएनन्। सांसद प्रभु साहले सोधेको प्रश्नमा प्रधानमन्त्रीले उल्टै आक्रोशित हुँदै प्रतिप्रश्न गरे।
आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बसिरहने कुनै नैतिकता नरहेको बताएका छन् ।
आइतबारे प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा १० औं प्रश्नकर्ताको रुपमा सदनमा खडा भएका उनले ओलीलाई प्रश्नैप्रश्न गरे । उनले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिनेहरुको संख्या कति भन्दै प्रश्न गरे ।
यस्तै उनीहरुको पैतृक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ भन्ने उनको अर्को प्रश्न थियो । ‘गैरआवासीय नेपालीका अवैध सम्पत्तिहरुलाई राज्यको स्वामित्वमा ल्याउन तपाइँले के के गर्नुभयो । खुलेयाम हुण्डीबाट ती अवैध सम्पत्तिहरु विदेश लैजाँदा रोक्न नसक्ने सरकारलाई हामीले के भन्ने ? सक्षम या असक्षम ?’, उनको प्रश्न थियो ।
उनले अवैध सम्पत्तिलाई स्वदेश फिर्ता ल्याउने तपाईंको योजना के छ ? भन्ने प्रश्न समेत गरे । यस्तै युवाहरु वैदेशिक रोजगारीमा रहेको तर उनीसहरुले पठाउने रेमिट्यान्स सिधै नआइ कालोधनसँग साट्ने काम भएको बताए । ‘आउन त ४० अर्ब रेमिट्यान्स आउनुपर्ने हो। तर यो वर्ष १४ अर्ब मात्रै आउने देखिन्छ । नेपालीले विदेशमा खुन पसिना बगाएको पैसा कालोधनसँग साट्दा प्रम किन चुप छन् ?’, उनले भने । उनले सरकारले कर आतंक मच्चाएको, भारतबाट निम्ता नआउँदा पनि भरत भ्रमणमा जान खोजेको भन्दै प्रधानमन्त्रीमाथि प्रश्नहरु समेत गरे ।
जवाफमा प्रधानमन्त्री ओलीले साहको प्रश्नप्रति आक्रोश पोखे । उनले साहको कतिपय प्रश्नहरु अपमानजनक रहेको समेत बताए । उनले संसदजस्तो गरिमामय ठाउँमा अपमानजक भाषा प्रयोग गरिएको समेत बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस