Like us!
Follow us!
Connect us!
Watch us!

उपप्रधानमन्त्री पौडेललाई आजै डिस्चार्ज गर्ने कीर्तिपुर अस्पतालको निर्णय

अर्थ संसार

सोमबार, ०५ फागुन २०८१, १२ : २६ मा प्रकाशित

उपप्रधानमन्त्री पौडेललाई आजै डिस्चार्ज गर्ने कीर्तिपुर अस्पतालको निर्णय

कीर्तिपुर वर्न अस्पतालमा उपचाररत् उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेललाई आज डिस्चार्ज गरिने भएको छ ।

जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको अस्पताल प्रशासनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

पोखरामा भ्रमण वर्ष घोषणा कार्यक्रममा शनिबार हाइड्रोजन ग्यास भरिएका बेलुन उडाउने क्रममा स्पार्क मेसिनबाट निस्किएका झिल्कासँग सम्पर्क हुन गई दुर्घटना हुन पुगेको थियो। बेलुन फुट्दा आगोको झिल्काले अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको दुवैको हात र अनुहार सामान्य जलेको थियो। 

त्यसपछि दुवैलाई थप उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइएको थियो। अस्पतालका अनुसार मन्त्री पौडेल र मेयर आचार्य दुवैको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै पनि खराब असर पारेको देखिएको छैन।

मेयर आचार्यले पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केही दिन थप उपचार हुने जानकारी अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको