सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सी फन्ड’का इकाइहरु आज फागुन ६ गतेबाट बिक्री खुला गरिने भएको छ।
प्रथम चरणमा यो खुलामुखी म्युचुअल फन्डको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये ४० प्रतिशतले हुन आउने ४ करोड इकाइ बिक्री खुला गरिने भएको हो। यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।
क्यापिटलले कुल योजनाको आकारमध्ये १४ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक सानिमा बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी सानिमा क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।
यसमा न्यूनतम १०० इकईदेखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दोस्रो चरणमा भने योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर इकाईको खरिदबिक्री हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस