पियोर इनर्जी लिमिटेडले यही फागुन २० गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ईपीओ बिक्री गर्ने भएको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित अर्थात् बाँके जिल्लाबासीका लागि र १ लाख ४४ हजार कित्ता सेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको छ।
आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्ताका लागि र वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार २०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाले यही फागुन २० गतेदेखि चैत ५ गतेसम्म दिन सक्नेछन्।
पहिलो चरणको आईपीओ बाँडफाँड भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिने छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस