पियोर इनर्जी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ।
कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो ।
कम्पनीले प्रतिसेयर १०० अंकित दरमा १६ करोड रुपियाँबराबरको १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।
कम्पनीले कुल चुक्ता पुँजी ८० करोड रुपियाँमध्ये २ प्रतिशतले हुन आउने १ करोड ६० लाख रुपियाँबराबरको १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गर्न लागेको छ । त्यस्तै, १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गर्दैछ ।
आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याइएको सेयर बाँडफाँट गरी बिक्री नभई बाँकी रहेमा उक्त सेयर सर्वसाधारण समूहमा थप गरी सर्वसाधारणका लागि आईपीओ निष्कास गरिनेछ । आयोजना प्रभावितले फागुन २० गतेदेखि चैत ५ गतेसम्म (ढिलोमा चैत २०) गतेसम्म न्यूनतम १० कित्ता र अधिकतम १६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
त्यस्तै, वैदेशिक रोजगारमा गएकाले भने फागुन २० गतेदेखि चैत ५ गतेसम्म न्यूनतम १० र अधिकत ७ हजार २०० कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ। पियोर इनर्जी आईपीओ जारी गर्ने पहिलो सौर्य ऊर्जा कम्पनी बनेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस