राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोल प्रसाद (डिपी) अर्यालले उच्चस्तरीय आयोग बनाएर आफू र आफ्नो दलका नेतामाथि लागेका आरोपहरूबारे छानबिन गराउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
अर्यालले प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताउँदै आएको भन्दै राज्यको उच्च निकायमा सवैको सम्पति छानबिनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन आग्रह गरे ।
‘माननीय सदस्य र सरकारको ध्यानाकर्षण गराउँदछु– पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलको नेताले आफ्नो नाम जोडिएका कुनै पनि काण्ड भए छानबिन गर्न रोष्ट्रमबाटै मार्गप्रशस्त गर्नुभएको कुरा हामीलाई अवगत नै छ,’ अर्यालले भने ।
प्रचण्डले जस्तै वर्तमान प्रधानमन्त्रीले पनि यस्तै मार्गप्रशस्त गर्नुपर्ने उनको आग्रह छ । ‘त्यसैगरी वर्तमान प्रधानमन्त्रीले आफ्नो र सत्तारुढ दलका नेताहरूमाथि लाग्दै आएका आरोपबारे छानबिनका लागि मार्गप्रशस्त गर्ने हिम्मत देखाउन म अनुरोध गर्दछु,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस