Like us!
Follow us!
Connect us!
Watch us!

निर्माण बन्द गरेर बार्ताबाट सहमति खोज्न सरकारको 'नो केबलकार' अभियानलाई अपिल

अर्थ संसार

सोमबार, १२ फागुन २०८१, २१ : ०९ मा प्रकाशित

निर्माण बन्द गरेर बार्ताबाट सहमति खोज्न सरकारको 'नो केबलकार' अभियानलाई अपिल

सरकारले 'नो केबलकार' अभियानमा लागेका ताप्लेजुङका स्थानीयलाई वार्तामा आउन आग्रह गरेको छ ।

गृहमन्त्रालयले बनाएको वार्ता समितिका संयोजक प्रेम प्रसाद भट्टराईले आन्दोलनरत पक्षवाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केवलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन अपिल गरेका छन् ।

उनले भनेका छन्-    

ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबीच मिति २०८१ माघ २२ गते देखी निरन्तर रुपमा वार्ता एवं संवाद भई रहेको व्यहोरा सबैमा विदितै छ । आन्दोलनरत पक्षवाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केवलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउनुहुन हार्दिक अपिल गर्दछु ।

गृह मन्त्रालयले माघ २० गते बनाएको वार्ता समितिले यसअघि 'नो केबलकार' अभियानका प्रतिनिधिसँग वार्ता गरेपनि सरकार केबलकारको निर्माण बन्द गर्न सहमत नभएपछि वार्ता असफल भएको थियो ।

67bc8f65b3dd7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको