Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वराजालाई रेखा शर्माको चेतावनी - राजनीतिमा आउने भए पार्टी खोल्ने,धेरै चुरीफुरी गर्न आवश्यक छैन

अर्थ संसार

मंगलबार, १३ फागुन २०८१, २२ : ०१ मा प्रकाशित

पूर्वराजालाई रेखा शर्माको चेतावनी - राजनीतिमा आउने भए पार्टी खोल्ने,धेरै चुरीफुरी गर्न आवश्यक छैन

 नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं पूर्वमन्त्री रेखा शर्माले पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चुरिफुरी नगर्न चेतावनी दिएकी छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिमा आउने मन भए पार्टी खोल्न पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव दिएकी छन् ।

उनले भनिन्, ‘पूर्वराजाले बाहिर विभिन्न अभिव्यक्ति दिएका सुनिरहेका छौं । लामो त्याग, बलिदानबाट निरंकुश राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । हिजो जनमुक्ति सेनाको गठन भयो, जनयुद्ध भयो । जनयुद्धको जगमा जनआन्दोलन भयो । र, आज आएर संसदमा माओवादी पार्टीलाई कित्ता क्लियर गर भनेर उर्दी जारी हुँदैछ । पूर्वराजालाई के भन्न चाहन्छु भने राजनीतिमा आउने हो भने । पार्टी खोल्ने-दर्ता गर्ने, राजनीतिमा आएर प्रधानमन्त्री बन्ने । किनभने अहिलेको संविधान निरंकुश छैन । सबैलाई पार्टी खोल्ने अधिकार दिएको छ । त्यतातिर जानु उपयुक्त हुन्छ धेरै चुरीफुरी गर्न आवश्यक छैन ।’

उनले संसदमाथि सरकारको निरन्तर बलमिच्याइँ भइरहेको टिप्पणीसमेत गरिन् । सरकारलाई सांसदहरूले सोधेका प्रश्नको जवाफ सरकारले नभइ सत्तारुढ सांसदहरूले दिने अवस्था बनेको उनको जिकिर थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको