Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ मार्फत मुद्दती खाता खोल्न सकिने

अर्थ संसार

बुधबार, १४ फागुन २०८१, १३ : ११ मा प्रकाशित

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ मार्फत मुद्दती खाता खोल्न सकिने

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गदैं बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने भएको छ ।

अब ग्राहकहरुले बैंकमा भौतिक रुपमा उपस्थित नभई कामना सेवा विकास बैंकको मोबाइल एप, के.एस. आइ मोबाइल बैंकिङ मार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्नेछन् । ग्राहकहरूले अब बैंकमा जानु पर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर, कुनै पनि समय, मोबाइल एप प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् । के एस आइ मोबाइल बैंकिङमा लगइन गरी Fixed Deposit छनौट गरी आफूले चाहेको निक्षेप रकम भरी सजिलै यो सेवा लिन सकिनेछ ।

बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको