Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ निष्कासनको अनुमति पर्खिरहेको याम्बालिङ हाइड्रोपावरको आम्दानी साढे १० करोड

अर्थ संसार

बुधबार, १४ फागुन २०८१, १३ : १६ मा प्रकाशित

आइपीओ निष्कासनको अनुमति पर्खिरहेको याम्बालिङ हाइड्रोपावरको आम्दानी  साढे १० करोड

सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने तयारीमा रहेको याम्बालिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा साढे १० करोड बराबरको आम्दानी गरेको छ ।

यो अवधिमा कम्पनीले  १० करोड ६० लाख बराबरको आम्दानी गरेको हो । जुन् सन् २०२३ को तुलनामा २३१ प्रतिशतले बढी हो । गत वर्ष यस अवधिमा  कम्पनीले ३ करोड २० लाख आम्दानी गरेको थियो । 

याम्बालिङ हाइड्रोपावर नोभेम्बर २१, सन् २००७ मा निजी लिमिटेड कम्पनीका रुपमा स्थापना भएको थियो । कम्पनीले सिन्धुपाल्चोकमा रहेको ७.२७ मेगावाट क्षमताको याम्बालिङ खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

याम्बालिङ हाइड्रोपावर कम्पनीले १०० रुपैयाँ अंकित दरले २८ लाख कित्ता आइपीओ बिक्रीका लागि अनुमति पर्खिरहेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले २८ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको