Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक दलको आयव्यय - सबैभन्दा धनी एमाले,कांग्रेस घाटामा

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, १४ : ३४ मा प्रकाशित

राजनीतिक दलको आयव्यय - सबैभन्दा धनी एमाले,कांग्रेस घाटामा

राजनीतिक दलहरूले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् ।

एमाले 

नेकपा एमालेले आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । पार्टीले सोही वर्ष ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको निर्वाचन आयोगलाई बुझाएको विवरणमा छ । 

आम्दानी र खर्चको हिसाबमा हाल सो पार्टीसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत रहेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष एमालेको आम्दानी बढेको देखिएको छ । अघिल्लो वर्ष ८९ लाख ७२ हजार २६५ रुपैयाँ आम्दानी गरेकोमा यसपटक बढाएको हो ।  

निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरणमध्ये अन्य दलहरूको तुलनामा एमाले सबैभन्दा धनी पार्टी देखिएको छ ।   एमालेले आफ्नो आम्दानीको स्रोत पार्टी सदस्यता शुल्कमार्फत २०८०/८१ मा ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ सङ्कलन गरेको देखाएको छ । 

नेपाली ​कांग्रेस

 प्रमुख सत्तारुढ दल दल नेपाली कांग्रेस भने घाटामा रहेको विवरण लेखा परीक्ष प्रतिवेदनले देखाएको छ । कांग्रेसले गत आर्थिक वर्ष ३ करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ आम्दानी गरेको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गरिएको छ।

जसमा गत वर्ष कांग्रेसले ७ करोड ९९ लाख ९५ हजार ९९९ रुपैयाँ खर्च भएको जनाएको छ । जसअनुसार ४ करोड ३५ लाख १८ हजार ८२३ रुपैयाँ घाटा भएको पनि कांग्रेसले जनाएको छ ।कांग्रेसले लेखा परीक्षण प्रतिवेदनमा आम्दानीको मुख्य स्रोतलाई चन्दा भनेको छ । त्यस अवधिमा कांग्रेसले चन्दास्वरुप एक करोड ७३ लाख ९४ हजार ४ सय ३९ रुपैयाँ आम्दानी गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

माओवादी

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्र पनि घाटामा देखिएको छ । लेखा परीक्षण प्रतिवेदनअनुसार आम्दानीभन्दा खर्च धेरै पाइएको छ । 

गत आर्थिक वर्षमा माओवादीले एक करोड ८६ लाख ५२ हजार आम्दानी गरेको । तर त्यही अवधिमा माओवादीले खर्च भने दुई करोड २० लाख ७९ हजार गरेको छ । माओवादी केन्द्रको आम्दानीको मुख्य स्रोत सदस्यता, लेबी र नवीकरण शुल्क भनेर उल्लेख गरिएको छ । त्यस अवधिमा माओवादीले सदस्यता वितवरण, लेबी र नवीकरणबाट एक करोड ८३ लाख ३९ हजार आम्दानी गरेको आयोगमा बुझाइएको विवरणमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी 

संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आ.ब. २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४ सय ८७ रुपैयाँ आम्दानी गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । त्यही अवधिमा उसको खर्च ६ करोड ५० लाख १७ हजार ७८ रहेको आयोगमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।

रास्वपाले आफ्नो आम्दानीका रुपमा मुख्य स्रोत लेबी, सदस्यता र नवीकरण शुल्कलाई उल्लेख गरेको छ । रास्वपाले गत वर्ष यी तीन शीर्षकमा दुई करोड ६१ लाख ५० हजार २५८ रुपैयाँ आम्दानी भएको जनाएको छ ।

रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेसँगै रास्वपाको सांगठनिक संरचना पनि सुस्ताएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको