सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षक माग गरेको छ । शुक्रबार एक सूचना जारी गरी ८ जना कानुनतर्फ र २० जना लेखातर्फ प्रहरी निरीक्षक माग गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले फागुन १८ गतेदेखि चैत १९ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था मिलाएको छ । अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने छ ।
उम्मेदवारहरुले प्रत्येक चरणको परीक्षामा उपस्थित हुँदा प्रवेश पत्र र नागरिकताको सक्कल प्रति साथमा लिएको हुनु पर्नेछ । प्रत्येक चरणको परीक्षा समाप्ति पश्चात नतिजा प्रकाशन हुने छ, उत्तीर्ण उम्मेदवारहरुलाई मात्र अर्को चरणको परीक्ष सम्मिलित हुन पाउने छन् ।
परीक्षा सञ्चालन गर्दा खुला तथा समावेशीतर्फ एउटै परीक्षा सञ्चालन गरिने छ र निजहरुले प्राप्त गरेको अङ्गको आधा समावेशीतर्फ उम्मेदवारहरु बीचमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिने मानवस्रोत विभागले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस