गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा लेखकले हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको जानकारी दिँदै आन्दोलनरत पक्षलाई वार्तामार्फत समाधान खोज्न आह्वान गरेका हुन् ।
उनले गृह मन्त्रालयले वार्ता पहल गरिसकेको भन्दै संवाद प्रक्रियालाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।
गृहमन्त्रीका अनुसार केवलकार निर्माणसँगै उत्पन्न सामाजिक, सांस्कृतिक र धार्मिक विषयलाई सम्बोधन गर्न सरकार संवेदनशील छ । उनले सम्बन्धित पक्षहरूसँग संवादका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन भइसकेको जानकारी दिए । 'पटक–पटक संवाद भइरहेको छ, तर केही अवरोध देखिएको छ,' उनले भने, 'तर वार्ता समितिले फागुन १२ गते फेरि वार्ताको आह्वान गरेको छ ।'
सरकार केवलकार निर्माण प्रक्रियालाई अगाडि बढाउने क्रममा स्थानीय समुदायका मागलाई बेवास्ता नगर्ने बताउँदै गृहमन्त्री लेखकले सन् २०१८ (२०७५ साल पुस १६) मै मन्त्रिपरिषद्ले वन क्षेत्र प्रयोग र रुख हटाउने स्वीकृति दिइसकेको उल्लेख गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस