Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलाम प्रक्रियाका लागि आज अन्तिम दिन

अर्थ संसार

सोमबार, १९ फागुन २०८१, ०७ : ५२ मा प्रकाशित

बलेफी हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलाम प्रक्रियाका लागि आज अन्तिम दिन

बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज फागुन १९ गते अन्तिम दिन रहेको छ।

कम्पनीले १:१ अनुपातमा जारी गरेको हकप्रद सेयरमा आवेदन नपरेका कारण लिलाम प्रक्रियाबाट बिक्री खुला गरिएको हो। यसअन्तर्गत संस्थापक समूहको ६,७६,१९१ कित्ता, सर्वसाधारण समूहको लकईनमा रहेको ५,०८,८९२ कित्ता र लकईनमा नरहेको ६,१३,५७३ कित्ता सेयर बिक्रीमा ल्याइएको छ। कुल १७,९८,६५६ कित्ता अवितरित हकप्रद सेयर लिलाममार्फत बिक्री गरिँदैछ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। न्यूनतम १०० कित्तादेखि अधिकतम सेयर संख्यामा १० अंकले भाग जाने संख्यामा वा नियामक निकायले तोकेको सीमाभित्र रहेर आवेदन दिन सकिनेछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआइएमबि एस क्यापिटल, लाजिम्पाट, काठमाडौँका साथै पोखरा, बुटवल, वीरगंज र विराटनगर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न तथा बुझाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको