Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोपावरको ‘लक-इन’ अवधि समाप्ति नजिक, चैत २९ पछि दोस्रो बजारमा सेयर कारोबार खुल्ने

अर्थ संसार

विहीबार, २२ फागुन २०८१, ०८ : ५९ मा प्रकाशित

बलेफी हाइड्रोपावरको ‘लक-इन’ अवधि समाप्ति नजिक, चैत २९ पछि दोस्रो बजारमा सेयर कारोबार खुल्ने

बलेफी हाइड्रोपावर लिमिटेडको लक-इन अवधि आगामी चैत २९ गतेदेखि समाप्त हुँदैछ। कम्पनीको कुल १ करोड ६५ लाख २४ हजार ८४९ कित्ता सेयर लक-इनमा रहेकामा अब ती सेयर दोस्रो बजारमा कारोबारका लागि खुल्नेछन्। सेयर बजारमा कम्पनीको सेयर उपलब्ध हुन लागेकाले लगानीकर्ताको ध्यान यसतर्फ आकर्षित भएको छ।

बलेफी हाइड्रोपावर लिमिटेडले २०७८ सालमा आईपीओ जारी गरेपछि त्यसको बाँडफाँट चैत २९ गते गरिएको थियो। नियमअनुसार, बाँडफाँट मितिबाट तीन वर्षसम्म सेयर बिक्री गर्न नपाइने ‘लक-इन’ व्यवस्था लागू भएको थियो। अब यो अवधि समाप्त भएसँगै, सेयरधनीहरूले आफ्नो सेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।

कम्पनीका संस्थापकहरूको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता, स्थानीय बासिन्दाको १८ लाख २७ हजार ९७० कित्ता र कर्मचारीको ७३ हजार १९९ कित्ता सेयर हालसम्म लक-इनमा रहेको छ। लक-इन अवधि समाप्त भएपछि यी सेयरहरूमध्ये बिक्री योग्य सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार गर्न सकिनेछ।

तर, कम्पनीका सञ्चालक सदस्यहरू र उच्च पदस्थ कर्मचारीहरू भने यो अवधिपछि पनि सेयर बिक्री गर्न अयोग्य रहनेछन्। नियमअनुसार, संस्थापक सेयर सदस्यमध्ये सञ्चालक पदमा रहेका व्यक्ति तथा कम्पनीको उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूले आफ्नो सेयर बिक्री गर्न पाउने छैनन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको