भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधिविपरीत गतिविधि गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइने बताएका छन्।
काभ्रेपलाञ्चोकको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष एवं स्थापना दिवस कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री अधिकारीले सहकारीबाट ऋण लिएर नतिर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले सहकारीबाट ऋण लिएर नतिर्नेहरूको नाम सार्वजनिक गरी कानुनी कारबाही अघि बढाउने स्पष्ट पारे। ‘ऋण नतिर्नेलाई जसको नाममा ऋण छ, उसको सम्पूर्ण सम्पत्ति रोक्का गरेर असुलउपर गर्नेछौँ। पासपोर्ट रोक्का गर्ने प्रक्रिया समेत अघि बढाइसकेका छौँ उनले भने।
सहकारी सञ्चालकहरूले विधिविपरीत क्रियाकलाप गरेमा उनीहरूको सम्पत्ति जफत गरेर पीडित बचतकर्ताको रकम फिर्ता गरिने मन्त्री अधिकारीको भनाइ छ। उनले हालसम्म ६,६०० भन्दा बढी बचतकर्ताको रकम फिर्ता भइसकेको र अन्य पीडितहरूको रकम छिट्टै फिर्ता गरिने जानकारी दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस