Like us!
Follow us!
Connect us!
Watch us!

नारायणमान विजुक्छें मजदुर किसान पार्टीको अध्यक्षमा पुन: सर्वसम्मत चयन

अर्थ संसार

मंगलबार, २० फागुन २०८१, २० : १३ मा प्रकाशित

नारायणमान विजुक्छें मजदुर किसान पार्टीको अध्यक्षमा पुन: सर्वसम्मत चयन

नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत निर्वाचित भएका छन् । 

जारी महाधिवेशनले ४ वैकल्पिक केन्द्रीय सदस्यहरूसहित कुल ३३ जनाको केन्द्रीय समिति सर्वसम्मतिले चुनिएको हो ।

पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक विजुक्छे पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो ।

८५ वर्षका विजुक्छे २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौँ महाधिवेशनसम्म निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको