Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ गभर्नर नियुक्त गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

अर्थ संसार

विहीबार, २२ फागुन २०८१, ११ : ५१ मा प्रकाशित

नयाँ गभर्नर नियुक्त गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ ।

बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाउनका लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिएको हो। 

गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो। 

गभर्नर अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ । सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा हुने व्यवस्था छ ।  गभर्नरका लागि आकांक्षीहरुले दौडधुप बढाइसकेका जानकारहरु बताउँछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको