Like us!
Follow us!
Connect us!
Watch us!

पियोर इनर्जी लिमिटेडको आइपीओमा मागभन्दा ५.४२ गुणा बढी आवेदन,कतिले भरे ?

अर्थ संसार

विहीबार, २२ फागुन २०८१, १३ : १७ मा प्रकाशित

पियोर इनर्जी लिमिटेडको आइपीओमा मागभन्दा ५.४२ गुणा बढी आवेदन,कतिले भरे ?

 

पियोर इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा ५.४२ गुणा बढी आवेदन परेको छ।  

वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको यस आईपीओमा फागुन २२ गते बिहान १०ः०७ बजेसम्म ३५ हजार ७०४ जनाले ७ लाख ८१ हजार ८६० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले फागुन २० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको थियो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार २०० कित्तासम्म आवेदन दिन सक्नेछन्। यसमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्न्छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको