पियोर इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १० करोड ६० लाख ५६ हजारको आवेदन परेको छ । सिडिएसका अनुसार आज बिहान १०ः०७ बजेसम्म ४७ हजार ४९२ जनाले १० लाख ६० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् ।
यो मागभन्दा ७.३६ गुणा बढी आवेदन हो ।
कम्पनीले फागुन २० गतेदेखि चैत ५ गतेसम्म पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ लाख ४४ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ जारी गरेको हो ।
वैदेशिक रोजगारमा रहेका नेपालीले यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस