बुद्व एयरको जहाज जनकपुर विमानस्थलमै पांग्रा छोडेर काठमाडौं आइपुगेको घटना सार्वजनिक भएको छ । बिहीबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा जहाजको पांग्रा हराएको हो ।
बुद्ध एयरको एटीआर ७२ जहाज अगाडिको एउटा पांग्राबिना नै जनकपुरबाट उडान भरेको थियो । जहाजको पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूलाइ काठमाडौं ल्याण्ड हुने बेलामा मात्र जानकारी भएको हो ।
त्यस्तै, जनकपुर विमानस्थलमा जाँच गर्दा पांग्रा धावनमार्गमै फेला परेको र यो विषयमा अनुसन्धान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जनाएका छन् । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको उनले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस