Like us!
Follow us!
Connect us!
Watch us!

बुद्ध एयरको जहाज रनवेमा चिप्लियो,विमानस्थल बन्द

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, १० : ३९ मा प्रकाशित

बुद्ध एयरको जहाज रनवेमा चिप्लियो,विमानस्थल बन्द

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेपछी विमास्थल बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुइँ छुन पुगेको थियो ।

प्रहरीले दिएको जानकारी जानकारी अनुसार जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको छ। गएराति नै बुद्ध एयरको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास असफल भएको बताइएको छ ।

काठमाडौंबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनएको छ । जहाजबाट सबै यात्रुलाई भने सकुशल सुरक्षित बाहिर निकालिएको छ ।

जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको