Like us!
Follow us!
Connect us!
Watch us!

भैरहवाको लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ नै फर्काइयो

अर्थ संसार

विहीबार, २५ साउन २०८०, १७ : २० मा प्रकाशित

भैरहवाको लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ नै फर्काइयो

काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । जहाजको इन्डिकेटरमा समस्या आएपछि १३ मिनेटमा काठमाडौं मै अवतरण गराइएको छ ।

उडान नम्बर ८१७ को बुद्ध एयरको जहाज १ः५३ बजे उडेको थियो । उड्दाउड्दै समस्या आएपछि काठमाडौं विमानस्थलमै ल्याण्ड भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको १३ मिनेटपछि फेरि सोही विमानस्थलमा सिंगल इन्जिनबाट ल्याण्ड भएको छ ।

जहाजमा ७० जना यात्रु थिए ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको