Like us!
Follow us!
Connect us!
Watch us!

राजावादीलाई मन्त्री गुरुङको प्रश्न- आफ्नो दरबार र परिवारको रक्षा गर्न नसक्नेले देशको रक्षा गर्छ ?

अर्थ संसार

शुक्रबार, २३ फागुन २०८१, १३ : ०२ मा प्रकाशित

राजावादीलाई मन्त्री गुरुङको प्रश्न- आफ्नो दरबार र परिवारको रक्षा गर्न नसक्नेले देशको रक्षा गर्छ ?

 सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो हैसियत बिर्सिएर अहिलेको व्यवस्थामाथि प्रश्न गरेको टिप्पणी गरेका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुङले राजाले देश बचाउन नसक्ने टिप्पणी गरेका हुन्। उनले राजावादी दलहरूलाई आफ्नो दरबार र परिवारको रक्षा गर्न नसक्ने राजतन्त्रले कसरी देशको रक्षा गर्छ ? भन्दै समेत प्रश्न गरे

उनले भने, ‘यो मुलुक उदार लोकतन्त्र भएको हो । तर, त्यसको पनि सीमा हुन्छ । अरू मुलुकमा भएको भए ४०/५० वर्षसम्म मुलुकमा शोषण गर्ने, जनतालाई दुःख दिने राजसंस्था र त्यसको परिवार, व्यक्तिहरूलाई त्यो शासन उल्टिएर नयाँ व्यवस्था आइसकेपछि ती सबै जेलमा बस्नुपर्ने हो । तीनको सम्पति सबै हरण हुनुपर्ने हो । दुनियाँमा त्यही इतिहास छ । तर, हामीले स-सम्मान नागार्जुन दरबारमा राखेका छौँ । आज उनै चाहिँ त्यो व्यवस्था र दलहरूप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भनेर जुन हर्कत गरिरहेको छ, त्यो उसले आफ्नो हैसियत बिर्सिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको