Like us!
Follow us!
Connect us!
Watch us!

ज्ञानेन्द्रको सवारीलाई लिएर विमानस्थल प्रवेशमा कडाइ, एकतर्फी बनाइयो सडक

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, १२ : ५४ मा प्रकाशित

ज्ञानेन्द्रको सवारीलाई लिएर विमानस्थल प्रवेशमा कडाइ, एकतर्फी बनाइयो सडक

पूर्वराजा ज्ञानेन्द्र शाह आज हवाई मार्गहुँदै पोखराबाट काठमाडौं आउँदै छन् । राजावादीहरूले धुमधामका साथ उनको स्वागतको तयारी गरेपछि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

बिहानैदेखि सडकमा बाक्लाे संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । पूर्वराजा शाहको स्वागतमा समर्थकहरु विमानस्थल प्रवेश गर्न सक्ने भन्दै विमानस्थल वरपर ठाउँ ठाउँमा चेकिङ भइरहेकाे छ  ।

विमानस्थलमा आफन्त लिन जाने, पुर्‍याउन चाहनेहरुको लागि टिकटको चेक जाँच गरेर मात्रै पठाइरहेको छ भने टिकट बाहेक अरुलाई विमानस्थल प्रवेशमा निषेध गरिएको छ । त्यस्तै विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटबाटै सडक एक तर्फी बनाइएको छ । जानको लागि गोल्डेन गेटको प्रयोग गर्न दिइएको छ भने बाहिर निस्कनको लागि एराइभरबाट पठाइएको छ ।

विमानस्थल आसपासमा ठूलो संख्यामा प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको