Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ महानगरको कडा कारबाही: पूर्वराजा स्वागतका क्रममा फोहोर गरेको भन्दै राप्रपालाई १ लाख जरिवाना

अर्थ संसार

सोमबार, २६ फागुन २०८१, ०७ : ३३ मा प्रकाशित

काठमाडौँ महानगरको कडा कारबाही: पूर्वराजा स्वागतका क्रममा फोहोर गरेको भन्दै राप्रपालाई १ लाख जरिवाना

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राप्रपाले गरेको भव्य तयारी महँगो सावित भएको छ। काठमाडौँ महानगरपालिकाले सार्वजनिक ठाउँमा फोहोर फैलाएको, संरचनामा क्षति पुर्‍याएको भन्दै राप्रपालाई १ लाख रुपैयाँ जरिवाना गरेको छ।

राप्रपाको अगुवाइमा पूर्वराजाको स्वागतका लागि एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका स्थानहरूमा झण्डा, ब्यानर र पोस्टर टाँसिएको थियो। तर, कार्यक्रम सकिएपछि ती सामग्री व्यवस्थापन नगरिएको भन्दै महानगरले कारबाही अघि बढाएको हो।

कुन-कुन नियम उल्लंघन?

महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, र आर्थिक ऐन, २०८१ बमोजिम कारबाही गरेको हो। यस्ता गतिविधिले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने मात्र होइन, वातावरण प्रदूषण पनि गर्ने भएकाले कडा कारबाही गरिएको महानगरले जनाएको छ।

67ce44f396732.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको