Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंका यी क्षेत्रमा दुई महिनाका लागि निषेधाज्ञा

अर्थ संसार

सोमबार, २६ फागुन २०८१, १८ : ०६ मा प्रकाशित

काठमाडौंका यी क्षेत्रमा दुई महिनाका लागि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालयले काठमाडौंका विभिन्न स्थान दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार (फागुन २५) बाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको जिप्रका काठमाडौंले जनाएको छ ।

ती क्षेत्रमा  ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ। निषेध आदेश जारी गरिएका क्षेत्रबाहेकका स्थानमा नेपालको संविधानबमोजिम प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं विना हातहतियार शान्तिपूर्ण रुपमा भेला जम्मा भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हक रहेको स्थानीय प्रशासनले जनाएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम काठमाडौं प्रशासनले एक सूचना जारी गर्दै निषेधित क्षेत्र घोषणा गरेको हो।

संविधान एवं प्रचलित कानून प्रदत्त अधिकारको प्रयोग हुने गरी गरेका विरोधका कार्यक्रमवाट सरकारी, सार्वजनिक एवम् व्यक्तिगत सम्पत्तिमा हानी नोक्सानी र क्षति भएमा स्थानीय प्रशासन ऐन २०२८ तथा सार्वजनिक प्रदर्शन, हडताल, तथा विरोधका कार्यक्रमवाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि, २०८१ बमोजिम क्षतिको मूल्यांकन गरी आयोजकबाट नै त्यस्तो क्षतिपूर्ति वापतको रकमअसुल उपर गराइने प्रशासनले जनाएको छ।

निषेधाज्ञा जारी भएका क्षेत्रः

67cedc1745dd9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको