नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा नेपाल सरकारको कुल खर्च रु.७५४ अर्ब ८५ करोड पुगेको छ। यस अवधिमा चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्था खर्च उल्लेख्य रहेको देखिन्छ।
चालु खर्च नै उच्च
समीक्षा अवधिमा नेपाल सरकारको कुल खर्चमध्ये चालु खर्च रु.५२२ अर्ब ६३ करोड रहेको छ। पूँजीगत खर्च रु.६८ अर्ब ४२ करोड रहेको छ भने वित्तीय व्यवस्था खर्च रु.१६३ अर्ब ८१ करोड पुगेको छ।
राजस्व संकलन ६४२ अर्ब ८५ करोड
नेपाल सरकारले सात महिनामा कुल रु.६४२ अर्ब ८५ करोड राजस्व संकलन गरेको छ, जसमा कर राजस्वको योगदान रु.५६५ अर्ब ६४ करोड रहेको छ। गैर-कर राजस्वतर्फ रु.७७ अर्ब २१ करोड परिचालन भएको छ।
सरकारको नगद मौज्दातमा उल्लेख्य वृद्धि
नेपाल सरकारको नगद मौज्दातमा पनि उल्लेख्य वृद्धि भएको छ। २०८१ असार मसान्तमा सरकारका विभिन्न खातामा कुल रु.८३ अर्ब ९९ करोड मात्र मौज्दात रहेकोमा २०८१ माघ मसान्तसम्म आइपुग्दा यो रकम बढेर रु.३५० अर्ब ७ करोड पुगेको छ।
निष्कर्ष
सात महिनाको तथ्याङ्क हेर्दा नेपाल सरकारको खर्च र राजस्वबीच असन्तुलन देखिए पनि नगद मौज्दात उल्लेख्य रूपमा वृद्धि भएको छ। चालु खर्च उच्च रहेकोले पूँजीगत खर्चको प्रभावकारीता र राजस्व संकलन रणनीतिमा सुधार आवश्यक देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस